नेपाल प्रहरीकोप्रधान कार्यालयमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रधान कार्यालयमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् ।