हावाहुरीले फालेलुङको उच्च भागको मकै खेती सखाप

[addthis tool="addthis_inline_share_toolbox_7f6f"]
Spread the love


दिपेन्द्र राई÷फिदिम
साउन २० देखि २२ गते सम्म चलेको हावाहुरीले पाँचथरको फालेलुङ गाउँपालिकाको उच्च भागमा लगाएको मकै खेतीमा ठूलो क्षति पु¥याएको छ ।
फालेलुङको उच्च पहाडी क्षेत्रमा २०गतेदेखि २२ गतेसम्म निरन्तर ठूलो हावाहुरी चलेको थियो । निरन्तरको वर्षापछि हावाहुरी चल्दा वडा न ४ को लाफे, भैसे, फोक्टे, चित्रे खुर्बुक, चेम्फुवा महभिर टोलमा ९० प्रतिशत र वडा न ३ मा को खोलाघारी, सल्लेरी, सेपी, बुङछेङ डाँडाँ, खोलागाउँ, माङलेबुङ र ताङलेपा सिरानमा क्षेत्रमा ८० देखि ८५ प्रतिशत मकैबालीमा क्षति पुगेको फालेलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख केशव लामिछानेले बताउनु भयो ।
हावाहुरीबाट फालेलुङको वडा नं. ५ को लुदिन आस पासमा बढी क्षति गरेको फालेलुङ ५ का वडा अध्यक्ष जीवन राईले बताउनु भयो । यसै गरी वडा न ६ को ठाडेनाम्ले,छिरुवा, शिकारे,दवाइपानी, इम्सावा शिरानटोलमा लगाइएको मकै बालीमा पुर्णरुपमा क्षति गरेको स्थानीय पत्रकार राजकुमार राईले बताउनु भयो ।
धान चमर भएको बेला चलेको हावाहुरीले मकै बाली सखाप मात्र गरेन घर र गोठको छाना समेत उडायो फालेलुङ ४ भैंसेका भरतराज राई बताउनु हुन्छ । मेरो १४ रोपनी जमिनमा मकैबाली लगाएको थिएँ एक बोट पनि सग्लो छैन अब के खाएर बाँच्ने लेकको मुख्य बाली मकै नै हो मनमा पिर छ अब स्थानीय सरकारले सहयोग गरेन भने अनिकालले मर्ने भइयो राइ दुःख बिसाउँछन ।
हावाहुरीबाट फालेलुङको वडा नं. ३ मा क्षेति भएको ठाउँमा कृषी प्राविधिक, स्थानीय र जनप्रतिनिधिहरु भएर अनुगम गर्दा अनुमानित ५०० रोपनी भन्दा बढी मकै वालीमा क्षेति पु¥याएको वडा अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताउनु भयो ।
फालेलुङको वडा न ४,३,५,६ मा बढी क्षति पु¥याएको छ भने अन्य वडामा अलिक कम छ । फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताउनु भयो । हावाहुरी पिडीतलाई क्षतिको आधारमा राहत दिने छौं त्यसका लागि सबैको बिबरण संकलन गर्ने काम भइ रहेको वहाँले बताउनु भयो ।
हावाहुरीले यो क्षेत्रको मुख्य बाली मकै नष्ट गरे पछि वडाबासी चिन्तित छन । यस क्षेमा आलु र मकै बाली बाहेक अब अरु बाली हुदैन त्यसैले लगाउने सम्भावना पनि छैन । फालेलुङ ३ खोलाघारीका कृषक पृथीबहदुर राई भन्नुहुन्छ । हावाहुरीले ३० रोपनी बारीमा लगाइएको मकै बाली नष्ट ग¥यो कसरी बाँच्ने वहाँ भन्नुहुन्छ । हाम्रो मुख्य बाली नै हावाले सखाप पारे पछि अर्को साल मकैको बिऊ पनि नपाइने चिन्ता बढेको छ । ५० रोपनी बारीमा रोपेको मकै हावाले नष्ट ग¥यो सोही गाउँकी आशा थाम्सुहाङ राई बताउछिन ।
फालेलुङ ४ का वडा अध्यक्ष विद्धिमान सावदेनका अनुसार यो साल बढी बर्षा भयो बर्षा पछि चलेको हावाहुरीले जुँगा च्याप्ने तथा घोगा लगाउने अवस्थाको मकै भाचिँदा ठूलो क्षति पुगेको हो वडा अध्यक्ष साउदेन बताउनु हुन्छ । सधैँ पनि हावाहुरीले सामान्य क्षति पु¥याउँथ्यो वडाध्यक्ष सावदेनले भन्नुभयो, यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो । आफ्नो वडामा मात्रै झण्डै चार सय परिवारको मकै खेतीमा क्षति पुगेको वडा अध्यक्ष सावदेनको भनाई छ ।
तीन दिन सम्म चलेको हावाहुरीले फालेलुङ ३ को लेक क्षेत्रमा लगाइएको मकैबालीमा बढी र अन्य क्षेत्रमा अलिक कम क्षति भएको फालेलुङ ३ माङलेबुङका अगुवा कृषक खगेन्द्र अधिकारी बताउनु हुन्छ । हावाहुरीले आप्mनो २२ रोपनी जमिनमा लगाएको मकैमा आंशिक क्षति पु¥याएको अधिकारी बताउनु हुन्छ ।
गाउँपालिका अध्यक्ष केरुङ कृषकहरुले राहत माग्न थालेको वताउनुहुन्छ । लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै केरुङले भन्नुभयो भएको मकैमा पनि क्षति पुगेपछि कृषकहरुलाई समस्या पर्ने नै भयो । हावाहुरीबाट मकै खेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको भन्दै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र संघीय सरकारसँग पहल गरिने वताउनुभयो ।