साहित्यमय बन्यो घुर्बिसेपञ्चमी

[addthis tool="addthis_inline_share_toolbox_7f6f"]
Spread the love

साहित्यमय बन्यो घुर्बिसेपञ्चमी
बाहिर सिम सिम पानी परिरहेको थियो साँगुरो हलमा खचा खच स्रष्टा तथा दर्शकको भिडका बिच शुक्रबार अमर नेम्बाङ स्रष्टा सम्मान तथा साहित्यिक गाष्ठि कार्यक्रम सम्पन्न भयो ।
सेहोनाम्लाङ साहित्य समाज पाँचथर आयोजक र नौलो साहित्य बिहान प्रतिष्ठान पाँचथर सहआयोजक रहेकोले सो कार्यक्रमा यस बर्षको अमरकुमार नेम्बाङ लिम्बु स्रष्टा सम्मान २०७७ बाट सुनसरी धरानका स्रष्टा प्रा डा भिमप्रसाद खतिवडालाई नगद ५० हजार पुरस्कृत सहित सम्मान गरिएको थियो । कार्यक्रममा अमरनेम्बाङ युवा स्रष्ट्रा पुरस्कार पाँचथर फिदिम १० मधुराज केरुङलाई ४० हजार नगद सहित सम्मान गरिएको थियो । यसै गरी १० हजार राशीको अमरनेम्बाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार पाँचथर फाल्गुनन्द २ का मञ्जु नेम्बाङलाई प्रदान गरिएको थियो
सम्मान कार्यक्रमका प्रमुख अतिथी लालीगुरास नगरपालिकाका तेह्रथुमका प्रमुख अर्जुनबाबु माबुहाङले स्रष्टाहरुलाई दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा धनपति ढुंगेल,मात्रिका नेम्बाङ,एस गोधुली,सन्देश सुब्बा,सुरेन्द्र लामिछाने,सरस्वती दुमी राई,मनकुमार तुम्रोक,समदर्शी काइला,मञ्जु नेम्बाङ,प्रकाश थाम्सुहाङको कबिताले कार्यक्रमलाई साहित्यमय बनाएको थियो ।
कार्यक्रममा महेन्द्र बिरही,युगल सुनुवार,मधुराज केरुङ,अनिल त्रिखत्री नरेन्द्र केरुङको गजलले दर्शकको ताली पाएको थियो यसरी नै केही स्रष्टाले लिम्बु भाषामा कबिता र गजल बाचन गरेका थिए । यसै गरी खड्ग बोहोराले गीत सम्मानित खतिवडाले कथा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कबि प्रकाश थाम्ुसुहाङले अमरनेम्बाङको बारेमा प्रकाश पार्नु भएको थियो भने स्रष्टा देबेन्द्र सक्तेन राइले अमर नेम्बाङको पर्यावरण्ीय लेखन बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व मन्त्रि तथा लेखक श्रीप्रसाद जबेगु,फाल्गुनन्द गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्बाङ,नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, नेकपा फाल्गुनन्द गापाका अध्यक्ष केहरसिं चेम्जोङ,जनता समाजबादी पाँचथरका अध्यक्ष लक्षुमण लावती लगायतका बक्ताहरुले अमरकुमार नेम्बाङको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष क्षितिज बिरहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पाँचथर स्रष्टा प्रेम ओझाले सञ्चालन गर्नु भएको थियो । सम्मानित खतिवडा धरान स्थित पिण्डेश्वर क्याम्पसका प्राध्यापक समेत रहेका छन । २ वटा महाकाब्य सहित ७ कृति प्रकाशित गरि सकेका खतिवडा धरानका अग्रज स्रष्टाको रुपमा चिनिन्छन ।
पाँचथर जिल्लाकै मुर्धन्य साहित्यकारका रुपमा चर्चा पाएका नेम्बाङको सम्झनाका तरेलीहरु,एउटा साँझको अवसान र अमेरिकाको यात्रा नामक कृति प्रकाशित भएको थियो । फाल्गुनन्द गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित भएको १ बर्ष ७ महिना पुग्दा २०७५ माघ २६ गते हृदयघातका कारण निधन भएको थियो ।