जनप्रतिनिधी साझा हुनु पर्छ :-वडा अध्यक्ष नारायणप्रसाद आङदेम्बे

[addthis tool="addthis_inline_share_toolbox_7f6f"]
Spread the love





आमा मनरानी जबेगु र बाबु लालबहादुर आङदेम्बेको कोखबाट बिक्रम संबत २०२३ साल माघ १६ गते पाँचथरको आङसराङमा जन्मनु भएका नारायणप्रसाद आङदेम्बे फाल्गुनन्द गाउँपालिका वडा न ६ का वडा अध्यक्ष हुनुहुन्छ । पञ्चकन्या प्रावि आङसराङ ३ बाट प्राथमिक तहको अध्ययन शुरु गरेर जयनारायण मावि मेहेलबोटेबाट एस एल सी अनि पाँचथर बहुमुखी क्याम्पसबाट प्रमाण पत्र र स्नातक तह पुरा गर्नु भयो । यसरी नै वहाँले महेन्द्र बहुमुखी क्याम्पस इलाममा स्नातक सम्म अध्ययन गर्नु भएका आङदेम्बेले लामो समय सम्म बिभिन्न विद्यालयहरुमा अध्यापन समेत गर्नु भएको थियो
उच्च शिक्षा हासिल गर्दा देखि नै खास गरी प्रजातान्त्रिक बिचार धाराबाट प्रभावित भएर नेबि संघ अनि नेपाल शिक्षक संघको बिभिन्न ओहदामा रहेर काम गर्नु भएको थियो । मेमेङ प्रावि मेमेङ काफलबोटे प्रावि शिवा,शान्तिक्षेत्र प्रावि नवमीडाडा हुदै पञ्चकन्या प्राविमा गरी २९ बर्षको अध्यापन पेशाबाट अवकाश लिदै वहाँले २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आप्mना प्रतिद्धन्दिलाई पछि पार्दै नेपाली काग्रेस पाटीको तर्फबाट फाल्गुनन्द गाउँपालिका वडा न ६ को वडा अध्यक्षमा बिजयी बन्नु भयो । छिमेकी गाउँ र पछि आप्mनै गाउँमा लामो समय शिक्षण पेशाबाट समाज र समुदायलाई बुझेका वडा अध्यक्ष आङदेम्बे सित पव्लिक टाइम्स साप्ताहिकको नियमित स्तम्भ साताको जनप्रतिनिधीका लागि गरिएको छोटो कुराकानीको सम्पादित अंश


 तपाइले चुनावको समयमा जनता सित राख्नु भएको प्रतिबद्धता कति पुरा भएको ठान्नुहुन्छ ?
मैले चुनावको समयमा मेरो वडाका नागरिकहरु सित राखेका प्रतिबद्धताहरु मध्ये ६० प्रतिशत पुरा भएको छ र अबको बाकी समयमा बाकी रहेका योजना तथा प्रतिबद्धता पुरा हुने छन ।
 तपाईको वडाको गौरबको ओजनाहरु के के हुन ?
मेरो वडामा पर्ने गौरबका योजनाहरुमा खास गरी मेहेलबोटेमा बन्न लागेको खेल मैदान,वडा कार्यालय भवन मेहेलबोटे सिस्नेरी नवमीडाडा सम्मको स्तर उन्नती मोटरबाटो गाउँमा विद्युती करणको काम लागि पोल गाड्ने तार टाग्ने र ट्रान्सफरमर राख्ने काम पुरा भइ अबको एक दुई दिन भित्र १ सय ५० घरमा बिजुली बाल्ने छ । लगायत केही खाने पानी आयोजनाहरु समेत छन ।
 वडाको योजना तथा कार्यक्रमहरुमा अन्य दल तथा निकायको सहयोग कस्तो रहेको छ ?
वडाको योजना छनौट देखि उपभोक्ता समिती गठन प्रक्रिया अनि अन्य बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका काममा अन्य दल तथा निकाय सित समन्वय र सम्पर्क प्रसस्त हुने हनाले उनीहरुको सहयोग सकारात्मक रचनात्मक रहेको छ ।
 तपाईको बिचारमा जनप्रतिनिधीहरु कस्तो हुनु पर्छ ?
जनप्रतिनिधि छान्दा कुनै पनि दल बिशेषबाट निर्वाचित हुन्छन् जब उनीहरु जनप्रतिनिधीको रुपमा निर्वाचित हुन्छन त्यही समय देखि उनीहरु सो वडाको साझा व्यक्तिको रुपमा चिनिएका हुन्छन । जनप्रतिनिधी कुनै पनि पार्टी बिशेषबाट निर्वाचित भएका हुनाले दलहरुबाट केही मात्रामा दवाब र प्रभाव आए पनि बिबेक प्रयोग गरेर वडाबासीको हितको लागि काम गर्ने पर्ने हुन्छ । यसो हुदा जनप्रतिनिधी साझा हुनु जरुरी छ ।
 तपाईको कार्यकाल सम्पन्न हुदा तपाई वडा कस्तो हुन्छ ?
म वडा अध्यक्ष हुदाँ मेरो वडाको सबै क्षेत्रमा मोटर बाटो थिएन मेरो कार्यकाल पुरा हुदाँ सबै वडामा मानिसले सहज रुपले हिड्न पाउने छन । जयनारायण आदर्श मावि मेहेलबोटोमा विद्यार्थीले सहज रुपले प्राबिधिक बिषयमा (ओभर सियर) अध्ययन पुरा गरी विद्यार्थी उत्पादन समेत हुने छन वडाका बिरामीहरुले स्वास्थ्य सुबिधा र महिलाहरुले सहज रुपले प्रसुती सेवा पाउने छन । यसै गरी कुषकहरुले आधुनिक तरिकाले खेती गरेका हुनेका छन अनि पशुपालन गरेर गाउँमै डेरी स्थापना हुने छ समग्र रुपमा वडाबासीहरुको जिवन स्तर माथि उठेको हुने छ । वडाको परिवर्तन भएको हुने छ ।